लेख विवरण

राजबिराज मेयर कप महिला लिगको उपाधि राजबिराज रोयल्सलाई

राजबिराज मेयर कप महिला लिगको उपाधि राजबिराज रोयल्सलाई

अपसरी बेगमको विस्फोटक ब्याटिङले दिलायो उपाधि, ममता चौधरी बनिन् उत्कृष्ट ब्याट्सवुमन

राजबिराज, चन्दनकुमार यादव

राजबिराजमा सम्पन्न “राजबिराज मेयर कप सप्तरी महिला प्राइड लिग टी–२० क्रिकेट प्रतियोगिता २०८१” को उपाधि घरेलु टिम राजबिराज रोयल्सले जितेको छ।
फाइनल खेलमा राजबिराज रोयल्सले खडक क्युइन्सलाई ५ विकेटले पराजित गर्दै प्रतिष्ठित उपाधि आफ्नो नाममा लेखाएको हो।

अपसरी बेगमको ६२ रनको धमाकेदार इनिङ्स

राजबिराज रोयल्सका लागि अपसरी बेगमले ६२ रनको उत्कृष्ट प्रदर्शन गर्दै जितको आधार तयार गरिन्। यस्तै अपेक्षा यादवले ३३ रन बनाउँदै जितमा साथ दिइन्।

फाइनल खेल शनिबार स्थानीय पविमाबि खेलमैदानमा सम्पन्न भएको थियो। खडक क्युइन्सले टस जितेर पहिले ब्याटिङ गर्दै २० ओभरमा ७ विकेट गुमाएर १२९ रनको लक्ष्य दिएको थियो।
ममता चौधरीले ६२ रन (४९ बलमा ९ चौका सहित), टीका साहले ३७ रन, र अलिसा यादवले १८ रन जोडिन्।

बलिङतर्फ राजबिराज रोयल्सकी अपेक्षा यादवले २ विकेट तथा शिवानी साह र साक्षी यादवले १–१ विकेट लिइन्।

१८ ओभरमै लक्ष्य भेट्टायो राजबिराज

जवाफमा मैदान उत्रिएको राजबिराज रोयल्सले १८ ओभरमा ५ विकेटको क्षतिमा लक्ष्य भेट्टाउँदै उपाधि जित्यो। अपसरी बेगम र अपेक्षा यादवसँगै चाँदनी खातुनले पनि १२ रन जोडिन्।
खडक क्युइन्सका तर्फबाट भूमी सिंहले २ विकेट, मोनिका सिंह र सुस्मिता यादवले १–१ विकेट लिए।

पुरस्कार तथा विशेष घोषणाः

  • प्लेयर अफ द म्याच: अपसरी बेगम (राजबिराज रोयल्स)

  • बेस्ट ब्याटर: ममता चौधरी (खडक क्युइन्स)

  • बेस्ट बलर: भूमि सिंह (खडक क्युइन्स)

  • प्लेयर अफ द सिरिज: अपसरी बेगम (राजबिराज रोयल्स)

प्रतियोगिताको समापन समारोहमा राजबिराज नगरपालिकाका कावानगरप्रमुख ईसरत परविन, सप्तरी क्रिकेट संघका अध्यक्ष आयुष श्रेष्ठ, नेपाल क्रिकेट संघका सलेक्टर मुर्तजा हवाडी, राजबिराज वडा नं. ४ की सदस्य राजेश्वरी थापा र वडा नं. ५ का सदस्य सन्तोष मण्डल लगायतको उपस्थिति रहेको थियो।
कार्यक्रमको सञ्चालन सप्तरी क्रिकेट संघका सचिव चन्दनकुमार यादवले गरेका थिए।

यो प्रतियोगिता स्थानीय महिला खेलाडीहरूलाई प्रोत्साहन गर्ने एउटा सफल उदाहरण बनेको छ। यस्ता लिगहरू मार्फत नेपालमा महिला क्रिकेटको विकास र क्षेत्रीय प्रतिभाको पहिचान हुने अपेक्षा गरिएको छ।

 

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.