लेख विवरण

एएफसी महिला एसियन कप छनोट: नेपाल लाओससँग प्रतिस्पर्धा गर्दै

एएफसी महिला एसियन कप छनोट: नेपाल लाओससँग प्रतिस्पर्धा गर्दै

ताशकन्द, उज्बेकिस्तान — नेपाली महिला राष्ट्रिय फुटबल टोलीले एएफसी महिला एसियन कप २०२६ छनोट अन्तर्गतको आफ्नो पहिलो खेलमा भोलि (आइतवार, जुन २९) लाओससँग प्रतिस्पर्धा गर्दैछ। खेल उज्बेकिस्तानको ताशकन्दमा दिउँसो ५:१५ बजे (नेपाली समय अनुसार) सुरु हुनेछ।

एसियन फुटबल कन्फेडेरेसन (एएफसी) द्वारा आयोजना गरिएको छनोट प्रतियोगितामा नेपाल समूह ‘एफ’ मा रहेको छ, जसमा लाओस, श्रीलंका र आयोजक उज्बेकिस्तान रहेका छन्। समूहको शीर्ष स्थान हासिल गर्ने टिमले मात्र आगामी महिला एसियन कप २०२६ अष्ट्रेलियाको लागि छनोट हुनेछ।

नेपाली टोली प्रमुख प्रशिक्षक प्याट्रिक डे वाइल्डको नेतृत्वमा रहेको छ। टोलीमा कप्तान सबित्रा भण्डारीसहित अनुभवी खेलाडीहरू र केही युवा प्रतिभाहरूको संयोजन छ। टोलीका सदस्यहरू उज्बेकिस्तानको वातावरण र मैदानको अवस्थासँग अभ्यस्त हुनका लागि अभ्यासमा व्यस्त छन्।

टोलिका प्रशिक्षकहरूले टोलीको तयारीप्रति विश्वास व्यक्त गर्दै पहिलो खेलमा सकारात्मक नतिजा निकाल्ने लक्ष्य राखिएको बताएका छन्। भोलिको खेल समूह चरणमा सशक्त सुरुवातको लागि निर्णायक हुनेछ।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.