कप्तान सवित्रा भण्डारीको हेड गोल, नेपालको अग्रता दोब्बर
काठमाडौं, १५ असार २०८२ — नेपाली महिला राष्ट्रिय टोलीले लाओसविरुद्धको खेलमा दोस्रो गोल गर्दै अग्रता २–० मा पुर्याएको छ। कप्तान सवित्रा भण्डारीले हेडमार्फत शानदार गोल गर्दै नेपालका लागि दोस्रो सफलता दिलाएकी हुन्।
पहिलो गोल अनिता बस्नेतले गरेकी थिइन् भने कप्तान सवित्राको गोलले खेलमा नेपालको पकड अझ बलियो बनाएको छ।
टिप्पणी लेख्नुहोस्