लेख विवरण

रश्मी कुमारी घिसिङले पनि गोल गर्दै नेपालको अग्रता ५–० मा पुर्‍याइन्

रश्मी कुमारी घिसिङले पनि गोल गर्दै नेपालको अग्रता ५–० मा पुर्‍याइन्

काठमाडौं, १५ असार २०८२ — गोलको लहरमै अब रश्मी कुमारी घिसिङ पनि सहभागी भएकी छन्। लाओसविरुद्ध जारी खेलमा उनले शानदार गोल गर्दै नेपालका लागि पाँचौं सफलता दिलाएकी हुन्।

नेपाल अब ५–० को एकतर्फी अग्रतामा पुगेको छ।
यसअघि अनिता बस्नेत, सवित्रा भण्डारी (२), सरु लिम्बुले गोल गरेका थिए। रश्मीको गोलले नेपालको आक्रमणात्मक प्रदर्शनलाई अझ व्यापक बनाएको छ।

खेलमा नेपाली महिला टोलीको सम्पूर्ण दबदबा देखिएको छ। लाओस डिफेन्स नेपाली आक्रमणको सामनामा कमजोर देखिएको छ।

 
 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.