लेख विवरण

सरु लिम्बुको स्वर्णिम उपस्थितिः ५०औं खेलमै गोल गर्दै नेपालका लागि तेस्रो सफलता

सरु लिम्बुको स्वर्णिम उपस्थितिः ५०औं खेलमै गोल गर्दै नेपालका लागि तेस्रो सफलता

काठमाडौं, १५ असार २०८२ — मिडफिल्डर सरु लिम्बुले आफ्नो ५०औं अन्तर्राष्ट्रिय खेललाई सम्झनालायक बनाएकी छन्। लाओसविरुद्ध जारी खेलमा उनले उत्कृष्ट गोल गर्दै नेपाललाई तेस्रो गोलको सफलता दिलाएकी हुन्।

उनको गोलसँगै नेपालले लाओसविरुद्ध ३–० को बलियो अग्रता लिएको छ।
सरुको गोलले न केवल स्कोर लाइन बलियो बनाएको छ, तर टोलीमा उत्साह र ऊर्जा पनि थपिएको छ।

पहिलो गोल अनिता बस्नेतले, दोस्रो कप्तान सवित्रा भण्डारीले र अब तेस्रो गोल सारु लिम्बुले गरेकी हुन्।
नेपाल ३–० को अग्रतामा छ। खेल नेपालकै पकडमा देखिएको छ।

 
 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.