काठमाडौं, १५ असार २०८२ — कप्तान सवित्रा भण्डारीले लाओसविरुद्ध जारी मैत्रीपूर्ण खेलमा दोस्रो गोल गर्दै व्यक्तिगत रूपमा दोहोरो उपलब्धि हासिल गरेकी छन्। उनको दोस्रो गोलसँगै नेपालले ४–० को बलियो अग्रता बनाएको छ।
पहिलो हाफमा हेडमार्फत गोल गरेकी सवित्राले पुनः गोल गर्दै कप्तानी पारीलाई स्मरणीय बनाएकी छन्। नेपालका लागि यो चौथो गोल हो — अनिता बस्नेत, सारु लिम्बु र सवित्राको दुई गोलको योगदानले नेपाल पूर्ण नियन्त्रणमा देखिएको छ।
नेपाल ४–० ले अगाडि छ, खेलमा नेपाली टोलीको एकतर्फी दबदबा जारी छ।
टिप्पणी लेख्नुहोस्