आयोजक काभ्रेस्थली जिल्ला स्तरीय मेयर तेक्वान्दो प्रतियोगिताको टिम च्याम्पियन
काठमाडौं, असार १५ गते । आयोजक काभ्रेस्थली तेक्वान्दो डोजाङ पाँचौं तार्केश्वर काठमाडौं जिल्ला स्तरीय मेयर तेक्वान्दो प्रतियोगितामा टिम च्याम्पियन बनेको छ । काभ्रेस्थलीले १७ स्वर्ण, ९ रजत र १६ कांस्य जित्यो ।
नागर्जुन भ्याली स्कुल १५ स्वर्ण, २ रजत र ८ कांस्यसाथ दोश्रो भयो । बालवालिका स्कुल ११ स्वर्ण, ८ रजत र १० कांस्यसाथ तेश्रो भएको काठमाडौं जिल्ला तेक्वान्दो संघका अध्यक्ष विक्रम खड्गीले जनाएका छन् ।

टिप्पणी लेख्नुहोस्