शान्ति नेपाली समाज बेलायतद्धारा मिडल्याण्ड स्तरीय ब्याडमिन्टन प्रतियोगितामा प्रथम स्थान हासिल
लन्डन, असार १५ — शान्ति नेपाली समाज बेलायतले बेलायतमा आयोजित मिडल्याण्ड स्तरीय ब्याडमिन्टन प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै विजयी झण्डा गाडेको छ।
पिटरबरो नेपाली समाजको आयोजनामा सम्पन्न प्रतियोगितामा बेलायतभरिका १५ टिमहरूबीच प्रतिस्पर्धा भएको थियो। ती टिमहरूलाई पछाडि पार्दै पदम शाही र निशान बुर्लाकोटीको जोडीले पहिलो स्थान प्राप्त गर्न सफल भए।
शान्ति नेपाली समाज बेलायतका तर्फबाट जारी गरिएको सन्देशमा भनिएको छ, "समस्तमा धन्यवाद, खेलाडी सहित हामी सबै शान्ति नेपाली समाज बेलायत परिवारलाई बधाई!"
यो जितले प्रवासी नेपालीहरूबीचको एकता, खेलकुदप्रतिको समर्पण र सहकार्यको भावना झन् प्रगाढ बनाउने विश्वास गरिएको छ। आयोजक पिटरबरो नेपाली समाजले प्रतियोगितालाई सफल र व्यवस्थित रूपमा सम्पन्न गरेकोमा सराहना गरिएको छ।
टिप्पणी लेख्नुहोस्