राष्ट्रपति रनिङ शिल्ड पदक विजेता खेलाडीहरूलाई तारकेश्वर नगरपालिकाद्वारा सम्मान
काठमाडौं,
तारकेश्वर नगरपालिकाको आयोजनामा आज टुसाल मल्टिभेन्युमा एक विशेष सम्मान समारोह सम्पन्न भयो। सो कार्यक्रममा १४औं काठमाडौं जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता–२०८२ मा तारकेश्वर नगरपालिकाको प्रतिनिधित्व गर्दै विभिन्न खेल विधामा पदक जित्न सफल खेलाडीहरूलाई नगद राशिसहित प्रमाणपत्र प्रदान गरी सम्मान गरिएको हो।
उक्त प्रतियोगिता २०७९ बैशाख ९ गतेदेखि १२ गतेसम्म सम्पन्न भएको थियो।
कार्यक्रममा नगर प्रमुख श्री कृष्ण हरि महर्जनज्यूको प्रमुख आतिथ्य तथा उप–प्रमुख श्रीमती सृजना बुर्लाकोटी अर्यालज्यूको अध्यक्षतामा खेलाडीहरूलाई पुरस्कार वितरण गरिएको थियो।
प्रदान गरिएको नगद सम्मान:
-
🥇 स्वर्ण पदक विजेता: रू. ५,००० प्रति व्यक्ति
-
🥈 रजत पदक विजेता: रू. ३,००० प्रति व्यक्ति
-
🥉 कास्य पदक विजेता: रू. २,००० प्रति व्यक्ति
-
🧑🏫 प्रशिक्षक (कोच): रू. ४,००० प्रति व्यक्ति
कार्यक्रममा नगरका वडाध्यक्षहरू, कार्यपालिका सदस्यहरू, शिक्षा समिति सदस्य, खेल संयोजकहरू, शाखा प्रमुखहरू, कर्मचारी, खेलाडीहरू तथा खेलप्रेमीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रमको समन्वय तारकेश्वर नगरपालिका शिक्षा शाखाले गरेको हो भने सञ्चालन नगर खेलकुद संयोजक बिक्रम खड्गीज्यूले गर्नुभएको थियो।
यस सम्मान कार्यक्रमले आगामी दिनमा खेलाडीहरूमा अझ प्रेरणा मिल्ने विश्वास व्यक्त गरिएको छ। तारकेश्वर नगरपालिकाले युवा तथा खेलकुद विकासमा सक्रिय योगदान दिँदै आएको सन्देश यस कार्यक्रममार्फत पुनः पुष्टि भएको छ।

टिप्पणी लेख्नुहोस्