लेख विवरण

बागमतीका १३ जिल्लाको बिचमा ब्याडमिन्टन प्रतियोगिता सुरू

बागमतीका १३ जिल्लाको बिचमा ब्याडमिन्टन प्रतियोगिता सुरू

भरतपुर, २८ असार ।  चितवनमा आज देखी कर्मचारी क्षमता अभिवृद्धि तालिम तथा मैत्रीपूर्ण ब्याडमिन्टन प्रतियोगिता सुरू भएको छ ।

 चितवन जिल्ला खेलकुद बिकास समितिको आयोजनामा उक्त प्रतियोगित हुन लागेको हो ।

कार्यक्रमको बागमती प्रदेश खेलकुद बिकास परिषद्का सदस्य सचिव दीपक लामाले उद्घाटन गर्नेछन् । तालिममा बागमती प्रदेशका १३ जिल्लाबाट खेलकुद बिकास समितिका कर्मचारीहरु सहभागी हुनेछन् ।

उनीहरुको क्षमता अभिवृद्धिका लागि तालिम आयोजना गरिएको खेलकुद बिकास समिति चितवनका अध्यक्ष राजन कार्कीले जानकारी दिए ।

यस्तै, आज नै मैत्रीपूर्ण ब्याडमिन्टन प्रतियोगिता पनि हुनेछ । जसमा २४ टोली सहभागी हुने समितिका कार्यालय सचिव रामजी ढकालले जानकारी दिए ।

युवा तथा खेलकुद मन्त्रालय बागमती प्रदेशबाट ३, बागमती प्रदेश खेलकुद बिकास परिषदबाट ४, प्रदेश युवा परिषद हेटौंडाबाट १ तथा चितवन जिल्ला खेलकुद बिकास समितिबाट २ टिम हुनेछ ।

यस्तै बागमती प्रदेशकै अन्य १२ जिल्ला खेलकुद बिकास समितिबाट एक-एक टिम सहभागी हुनेछन् । 

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.