लेख विवरण

यू-१६ राष्ट्रिय टिमका विजेता खेलाडी शुभम खनाललाई जिल्ला क्रिकेट संघ अर्घाखाँचीद्वारा बधाई तथा सम्मान

यू-१६ राष्ट्रिय टिमका विजेता खेलाडी शुभम खनाललाई जिल्ला क्रिकेट संघ अर्घाखाँचीद्वारा बधाई तथा सम्मान

अर्घाखाँची – जुलाई १३, २०२५
जिल्ला क्रिकेट संघ अर्घाखाँचीले हालै मलेसियामा सम्पन्न ‘एसीसी मेन्स यू-१६ ईस्ट जोन कप क्रिकेट प्रतियोगिता – २०२५’ मा नेपालको प्रतिनिधित्व गर्दै टिमलाई विजेता बनाउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेका यू-१६ राष्ट्रिय टिमका खेलाडी शुभम खनाललाई बधाई तथा सम्मान गरेको छ।

प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै नेपाली टिमलाई उपाधि दिलाउने क्रममा शुभम खनालको योगदान निकै महत्त्वपूर्ण रहेको भन्दै संघले उच्च प्रशंसा व्यक्त गरेको छ। उनी प्रतियोगिताको विजेता टिम यू-१६ नेपाली राष्ट्रिय पुरुष क्रिकेट टिमका सदस्य हुन्।

जिल्ला क्रिकेट संघ अर्घाखाँची परिवारले एक विज्ञप्ति जारी गर्दै भनेको छ,
“शुभम खनालले नेपालको तर्फबाट उत्कृष्ट प्रदर्शन गर्नुका साथै अर्घाखाँची जिल्लाको नाम राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चम्काउनु भएकोमा हामी सबै गौरवान्वित छौं। उहाँको मेहनत, लगनशीलता र समर्पणप्रति हाम्रो हार्दिक सम्मान छ।”

संघले उनको उज्ज्वल भविष्यको कामना गर्दै निरन्तर प्रगतिको शुभेच्छा पनि व्यक्त गरेको छ।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.