ओमनाथ सिवाकोटी दक्षिण एसियाली पारा खेलकुद महासंघको उपाध्यक्षमा चयन
बैंगलुरु, भारत | असार ३० गते — नेपाली पारा खेलकुद क्षेत्रका अग्रणी व्यक्तित्व ओमनाथ सिवाकोटीलाई दक्षिण एसियाली पारा खेलकुद महासंघ (South Asian Paralympic Sports Federation) को उपाध्यक्षमा चयन गरिएको छ।
सिवाकोटी हाल राष्ट्रिय पारालिम्पिक कमिटी नेपालका कोषाध्यक्ष तथा राष्ट्रिय पारा एथलेटिक्स संघ नेपालका अध्यक्ष समेत हुन्। उनीलाई भारतको बैंगलुरुमा असार २८ गते सम्पन्न महासंघको साधारणसभाबाट उपाध्यक्ष पदमा चयन गरिएको हो।
उनको यो नियुक्तिलाई नेपाली पारा खेलकुदको अन्तर्राष्ट्रिय पहुँच र प्रभाव विस्तारतर्फको महत्त्वपूर्ण कदमका रूपमा हेरिएको छ।
उल्लेखनीय योगदान:
ओमनाथ सिवाकोटी विगत एक दशकभन्दा बढी समयदेखि नेपाली पारा खेलकुदको विकासमा सक्रिय रहँदै आएका छन्। प्रशिक्षक, आयोजक तथा नीति निर्माण तहमा उनको सक्रियताले पारा खेलाडीहरूलाई नयाँ अवसर र मंच दिलाउँदै आएको छ।
उनको उपाध्यक्ष नियुक्तिलाई स्वागत गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुद संस्थाहरूले बधाई तथा शुभकामना दिएका छन्।

टिप्पणी लेख्नुहोस्