लेख विवरण

तेक्वान्दो खेलाडी राजकुमार दराईलाई दक्षिण कोरियामा स्वर्ण पदक

तेक्वान्दो खेलाडी राजकुमार दराईलाई दक्षिण कोरियामा स्वर्ण पदक

सिओल, दक्षिण कोरिया | असार ३० गते — नेपाली तेक्वान्दो खेलाडी राजकुमार दराईले दक्षिण कोरियामा सम्पन्न UNNA World Peace Taekwondo Championship मा स्वर्ण पदक जितेका छन्।

सिओलस्थित विश्व प्रसिद्ध तेक्वान्दो मुख्यालय कुकिवनमा सम्पन्न प्रतियोगितामा दराईले पुरुष एकल पुम्से तर्फको ३०–३९ वर्ष उमेर समूहमा उत्कृष्ट प्रदर्शन गर्दै पहिलो स्थान हासिल गरे।

दराईको यो सफलता नेपाली तेक्वान्दोको अन्तर्राष्ट्रिय उपस्थिति र क्षमताको प्रतीक मानिएको छ। नेपालबाट सहभागी खेलाडीहरूमा दराई एकमात्र स्वर्ण विजेता भएका हुन्।

यस उपलब्धिले नेपाली खेलकुद क्षेत्रमा थप उत्साह र प्रेरणा थप्ने अपेक्षा गरिएको छ।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.