लेख विवरण

स्ट्रेन्थलिफ्टिङ च्याम्पियनसिपमा सहभागी हुन केदारमान स्थापित थाइल्यान्ड जाने

स्ट्रेन्थलिफ्टिङ च्याम्पियनसिपमा सहभागी हुन केदारमान स्थापित थाइल्यान्ड जाने

काठमाडौं, असार ३० गते — नेपाली पावरलिफ्टर केदारमान स्थापित थाइल्यान्डको पटाया सहरमा आयोजना हुने १२औं विश्व स्ट्रेन्थलिफ्टिङ एन्ड इन्क्लाइन बेन्च प्रेस च्याम्पियनसिपमा सहभागी हुन मंगलबार प्रस्थान गर्ने भएका छन्।

प्रतियोगिता असार ३२ गतेदेखि साउन ३ गतेसम्म सञ्चालन हुनेछ। स्थापितले यस अन्तर्राष्ट्रिय प्रतियोगितामा ५० वर्षमाथिको उमेर समूह अन्तर्गत ७६ केजीमुनि तौल श्रेणीमा प्रतिस्पर्धा गर्नेछन्।

थाइल्यान्ड प्रस्थान अघि उनलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङ, राखेपका सदस्य हिमालकुमार श्रेष्ठ, राखेप कर्मचारी संघकी अध्यक्ष सरस्वती केसी भण्डारी लगायतले एक कार्यक्रमबीच बिदाइ गरेका थिए।

स्थापितले यसअघि पनि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा उल्लेखनीय प्रदर्शन गर्दै नेपाली पावरलिफ्टिङलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने कार्य गर्दै आएका छन्।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.