लेख विवरण

तेक्वान्दो निर्णायक काजल श्रेष्ठ अमेरिका जाँदै, विश्वस्तरीय प्रतियोगितामा प्रतिनिधित्व

तेक्वान्दो निर्णायक काजल श्रेष्ठ अमेरिका जाँदै, विश्वस्तरीय प्रतियोगितामा प्रतिनिधित्व

काठमाडौं | असार ३० गते —तेक्वान्दोकी अन्तर्राष्ट्रिय निर्णायक काजल श्रेष्ठ मंगलबार अमेरिकाको क्यालिफोर्निया जाने भएकी छन् । जुलाइ १७ देखि १९ तारिखसम्म हुने वल्र्ड तेक्वान्दो हान्मादाङमा निर्णायकका रुपमा सहभागी हुन काजल अमेरिका जान लागेकी हुन् ।

नेपालमा भएको १३ औं दक्षिण एसियाली खेलकुदकी स्वर्ण विजेता काजलले प्रतियोगितामा ग्योरोगी र पुम्सेमा निर्णायकको भूमिका निर्वाह गर्ने छिन् ।

काजलले यसअघि अस्ट्रेलियन ओपन तथा जापानमा २०२४ र २०२५ मा भएको वाटा ओपन तेक्वान्दो प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गरेकी थिइन् । २०२५ मा काजल उत्कृष्ट निर्णायक पनि घोषित भएकी थिइन् ।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.