लेख विवरण

वात्सल्य एभरेष्ट महिला भलिबल लिगको अक्सनको सम्पूर्ण तयारी पूरा

वात्सल्य एभरेष्ट महिला भलिबल लिगको अक्सनको सम्पूर्ण तयारी पूरा

काठमाडौं, साउन १ईन्फिनिटी ड्रिम्सको आयोजनामा हुन लागेको दोस्रो संस्करणको वात्सल्य एभरेष्ट महिला भलिबल लिग (ईडब्लुभिएल) का लागि ऐतिहासिक खेलाडी अक्सन कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको छ।

साउन २ गते (बुधबार) सोल्टी होटल, काठमाडौं मा हुने अक्सन कार्यक्रम दिउँसो ३ बजेदेखि सुरु हुनेछ। नेपाली भलिबलको इतिहासमै पहिलो पटक अघिल्लो वर्ष आयोजना गरिएको महिला फ्रेन्चाइज लिग सफल भएको थियो, र त्यसको निरन्तरतास्वरूप यो वर्ष दोस्रो संस्करण भदौमा आयोजना हुँदैछ।

यस वर्ष लिगको अर्को विशेषता भनेकै खेलाडी अक्सन प्रणाली हो। अक्सनमा सहभागी ६ फ्रेन्चाइज टोलीहरूकर्णाली यशविस, ललितपुर क्विन्स, काठमाडौं स्पाइकर्स, मधेश युनाइटेड, पोखरा निन्जाज, र लुम्बिनी लाभाज – ले खेलाडी छनोट गर्नेछन्।

अक्सनमा कुल ६८ खेलाडीहरू समावेश गरिएका छन्, जसलाई क्याटेगोरी A, B र C मा वर्गीकृत गरिएको छ। हरेक टिमले अनिवार्य रूपमा:

  • क्याटेगोरी A बाट १ जना,

  • क्याटेगोरी B बाट ३ जना,

  • क्याटेगोरी C बाट ३ जना खेलाडी अक्सनमार्फत लिने छन्।

क्याटेगोरी A मा कुल १३ खेलाडी छन्। यीमध्ये ६ जना खेलाडीलाई प्रत्येक टोलीले मार्की प्लेयरको रूपमा अघिनै छानिसकेका छन्, बाँकी ७ खेलाडी अक्सनमा उपलब्ध हुनेछन्।
क्याटेगोरी B मा ४३ खेलाडीक्याटेगोरी C मा १८ खेलाडी छन्।

अक्सन प्रक्रियामा यदि क्याटेगोरी A का कुनै खेलाडी अनसोल्ड भएमा, उनीहरू स्वतः B क्याटेगोरीमा घटुवा हुनेछन्। यस्तै, B मा अनसोल्ड खेलाडीहरू C क्याटेगोरीमा स्थानान्तरण हुनेछन्।

आयोजक इन्फिनिटी ड्रिम्सका अनुसार अक्सन प्रणालीले नेपाली महिला भलिबलमा पारदर्शिता, प्रतिस्पर्धा र व्यावसायिकता थप गर्नेछ। लिगको यो प्रयासले महिला खेलाडीहरूको अवसर र सम्मानमा ऐतिहासिक परिवर्तन ल्याउने विश्वास लिइएको छ।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.