लेख विवरण

नेपाली सेपाकताक्रो टोली थाइल्यान्ड जाने

नेपाली सेपाकताक्रो टोली थाइल्यान्ड जाने

काठमाडौं, साउन १ गते ।
आईएसटीएफ विश्व च्याम्पियनसिपको ३८ औं संस्करणमा सहभागी हुन ८ खेलाडीसहित १३ सदस्यीय नेपाली सेपाकताक्रो टोली शनिबार थाइल्यान्ड जाने भएको छ ।

पुरुष खेलाडीमा रोशन तामाङ (कप्तान), पदमबहादुर ठाडा मगर, सुजन थिङ, राजन नेपाली, सनम पुर्जा पुन र मिजास लामा रहेका छन् । महिलामा सुमित्रा डंगोल र निरु थापा मगर छन् ।

जुलाइ २२ देखि २८ तारिखसम्म हुने प्रतियोगितामा नेपालले रेगु, क्वाड्रेन्ट, मिक्स क्वाड्रेन्ट र हुपताक्रो स्पर्धामा प्रतिस्पर्धा गर्ने छ ।

अफिसियल÷व्यवस्थापकमा नेत्रप्रसाद गुरुङ, प्रशिक्षकमा अक्कलबहादुर तामाङ र टेकबहादुर बुढा मगर, निर्णायकमा मेघराज तोलङगी र आईटीओमा नेसिर मास्के रहेका छन् ।
टोलीलाई सफलताको शुभकामना दिदै राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा बिहीबार एक कार्यक्रमबीच बिदाइ गरे ।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.