लेख विवरण

तेक्वान्दो निर्णायक कोसिश खड्का अस्ट्रेलिया प्रस्थान

तेक्वान्दो निर्णायक कोसिश खड्का अस्ट्रेलिया प्रस्थान

काठमाडौं, साउन १ – आठौं दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण पदक विजेता तथा तेक्वान्दो खेलाडी कोसिशबहादुर खड्का केपीएनपी अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गर्न बिहीबार अस्ट्रेलियाको मेलबर्न प्रस्थान गरेका छन्।

जुलाई २० मा हुने सो अन्तर्राष्ट्रिय प्रतियोगितामा खड्काले ग्योरोगी स्पर्धामा निर्णायकको भूमिका निर्वाह गर्नेछन्। यसअघि उनले चीनको हाङ्झाउमा सम्पन्न १९औं एसियाली खेलकुदमा पनि निर्णायकको रूपमा सहभागिता जनाइसकेका छन्।

कोसिशलाई बिहीबारै युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले एक कार्यक्रमका बीच शुभकामना सहित बिदाइ गरेका थिए। उनले अन्तर्राष्ट्रिय मञ्चमा नेपाल प्रतिनिधित्व गर्ने कोसिशप्रति गौरव व्यक्त गर्दै सफलताको कामना व्यक्त गरे।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.