लेख विवरण

साविक उपविजेता ललितपुर क्विन्सले सलिना श्रेष्ठलाई रिटेन गर्‍यो

साविक उपविजेता ललितपुर क्विन्सले सलिना श्रेष्ठलाई रिटेन गर्‍यो

काठमाडौं, साउन १वात्सल्य एभरेष्ट महिला भलिबल लिग (EWVL) को दोस्रो संस्करणका लागि साविक उपविजेता ललितपुर क्विन्सले पूर्व कप्तान सलिना श्रेष्ठलाई रिटेन गरेको छ।

आयोजकद्वारा निर्धारण गरिएको नियमअनुसार टोलीहरूले पहिलो संस्करणबाट एक जना खेलाडी मात्र रिटेन गर्न पाउने व्यवस्था छ। यसैअनुसार ललितपुरले अनुभवी कप्तान सलिना श्रेष्ठलाई पुनः अनुबन्ध गर्दै आगामी संस्करणका लागि तयारी थालेको हो।

सलिनाको कप्तानीमै ललितपुर क्विन्स पहिलो संस्करणमा उपविजेता बनेको थियो। टोलीले यसअघि नै मुख्य प्रशिक्षकमा उत्सव खड्कालाई नियुक्त गरिसकेको छ भने सहायक प्रशिक्षकको रूपमा युगेश हमाल जिम्मेवारीमा रहेका छन्।

दोस्रो संस्करणको लिग भदौ २० देखि २८ गतेसम्म आयोजना हुने तय भएको छ। यसपटक सहभागी सबै ६ फ्रेन्चाइज टोलीहरूले खेलाडी अक्सनमार्फत टोली निर्माण गर्नेछन्।

शुक्रबार दिउँसो हुने अक्सनमा, प्रत्येक टोलीले:

  • क्याटेगोरी A बाट १ जना

  • क्याटेगोरी B बाट ३ जना

  • क्याटेगोरी C बाट ३ जना

गरि जम्मा ७ खेलाडी अक्सनबाट छनोट गर्नुपर्नेछ।

ललितपुर क्विन्सले यसपटक लिग जित्ने लक्ष्यसहित प्रतिस्पर्धा गर्ने बताएको छ।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.