प्रगति नाथ पोखरा निन्जाजको मार्की खेलाडीमा नियुक्त
मिति: २०८२ साउन १, पोखरा – एभरेष्ट महिला भलिबल लिग (ईडब्लुभिएल) को दोस्रो संस्करणका लागि पोखरा निन्जाजले राष्ट्रिय टोलीकी नियमित सदस्य प्रगति नाथलाई आफ्नो मार्की खेलाडीको रूपमा अनुबन्ध गरेको छ।
प्रगति नाथले अघिल्लो सिजन गण्डकी थन्डर्सबाट ईडब्लुभिएल खेल्दै उत्कृष्ट प्रदर्शन गरेकी थिइन्। यस पटक भने उनी पोखरा निन्जाजको जर्सीमा उत्रने भएकी छिन्।
अनुबन्धपश्चात प्रतिक्रिया दिँदै प्रगतिले टोलीसँग आबद्ध हुन पाउँदा निकै खुशी लागेको बताइन्। "म निकै उत्साहित छु," उनले भनिन्, "टोलीले उत्कृष्ट प्रदर्शन गर्दै विजय हासिल गर्नेछ भन्नेमा म पूर्ण विश्वस्त छु। म प्रतियोगिताका लागि शारीरिक र मानसिक रूपमा पूर्ण रूपमा तयार छु।"
प्रगतिको आगमनसँगै टोली थप मजबुत भएको पोखरा निन्जाज क्लबको विश्वास छ। क्लबले लिगमा उत्कृष्ट प्रदर्शन गर्ने लक्ष्य लिएको छ।
ईन्फिनिटी ड्रिम्सको आयोजनामा हुने दोस्रो संस्करणको ईडब्लुभिएल आगामी भदौ २० गतेदेखि २८ गतेसम्म सञ्चालन हुनेछ, जसमा ६ वटा फ्रेन्चाइज टोलीहरूको सहभागिता रहनेछ।

टिप्पणी लेख्नुहोस्