लेख विवरण

एएफसी यू–२३ एसियन कप छनोटका लागि बन्द प्रशिक्षणमा रहेका खेलाडीको संख्या घटाएर ३२ बनाइयो

एएफसी यू–२३ एसियन कप छनोटका लागि बन्द प्रशिक्षणमा रहेका खेलाडीको संख्या घटाएर ३२ बनाइयो

काठमाडौं – एएफसी यू–२३ एसियन कप छनोट प्रतियोगिताका लागि तयारीरत राष्ट्रिय यू–२३ फुटबल टोलीको बन्द प्रशिक्षणमा सहभागी खेलाडी संख्या घटाएर ३२ जना बनाइएको छ।

मुख्य प्रशिक्षक नवीन न्यौपानेको नेतृत्वमा भइरहेको प्रशिक्षणमा प्रारम्भिक ४० खेलाडीको सूचीबाट १२ जनालाई बाहिर गरिँदै, राष्ट्रिय टोलीका ४ जना खेलाडीलाई समावेश गरिएको अखिल नेपाल फुटबल संघ (एन्फा)ले जानकारी दिएको छ। एन्फाद्वारा सञ्चालन गरिएका केही चरणका छनोटपछि यो अन्तिम ३२ सदस्यीय सूची सार्वजनिक गरिएको हो।

नेपालले भाग लिन लागेको एएफसी यू–२३ एसियन कप छनोट प्रतियोगिता आगामी सेप्टेम्बर ३ देखि ९ सम्म ताजिकिस्तानमा आयोजना हुँदैछ। नेपाल समूह 'के' मा ताजिकिस्तान, सिरिया र फिलिपिन्ससँग रहेको छ।

बन्द प्रशिक्षणका लागि छानिएका ३२ खेलाडीहरू:

गोलकिपर:

  • अभिषेक सेङ्टाङ

  • अभिषेक वाइवा

डिफेन्डर:

  • अमित तामाङ

  • अनिल बम्जन

  • बिबेक गुरुङ

  • बिशाल केसी

  • बिशाल नेपाली

  • दीपेन्द्र गुरुङ

  • निमा लामा

  • निरज कार्की

  • संजीव लामा

  • सुमित श्रेष्ठ

मिडफिल्डर:

  • आयुष घलान

  • आयुष तिम्सिना

  • अनीश छेत्री

  • आरोन थापा

  • दीपेश गुरुङ

  • दीपेश राई

  • जन्मजय धामी

  • जियारत सेख

  • कृशल मोक्तान

  • कृतिक रत्न चुन्यु

  • लाहन सुब्बा

  • निराजन धामी

  • सन्तोष खत्री

  • शंकर थारु

फरवार्ड:

  • पुजन थापा

  • राम थापा

  • रोहन खड्गी

  • सबिन घिमिरे

  • सुमन्त थापा

  • सुजन मगर

प्रशिक्षक न्यौपानेका अनुसार बाँकी खेलाडी छनोट पनि खेलाडीको फिटनेस, प्रदर्शन र सामूहिक तालमेलको आधारमा हुनेछ।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.