लेख विवरण

काजल श्रेष्ठको ऐतिहासिक उपलब्धि: विश्व हनमाडाङमा पहिलो नेपाली महिला अन्तर्राष्ट्रिय रेफ्री

काजल श्रेष्ठको ऐतिहासिक उपलब्धि: विश्व हनमाडाङमा पहिलो नेपाली महिला अन्तर्राष्ट्रिय रेफ्री

क्यालिफोर्निया, अमेरिका – सन् २०२५ जुलाई १७ देखि १९ सम्म अमेरिकाको एन्हाइम कन्वेन्सन सेन्टरमा सम्पन्न कुक्कीवन विश्व तेक्वान्दो हनमाडाङमा नेपालबाट ऐतिहासिक प्रतिनिधित्व भएको छ।

नेपालकी काजल श्रेष्ठले नेपाली इतिहासमै पहिलो महिला अन्तर्राष्ट्रिय तेक्वान्दो रेफ्रीको रूपमा यस प्रतिष्ठित विश्वस्तरीय प्रतियोगितामा भाग लिएकी छिन्।

उनी तीनवटा अन्तर्राष्ट्रिय रेफ्री पदवी हासिल गर्न सफल भएकी छिन्:

  1. विश्व हन्माडाङ रेफ्री (World Hanmadang Referee)

  2. अन्तर्राष्ट्रिय क्योरोगी रेफ्री (International Kyorugi Referee)

  3. अन्तर्राष्ट्रिय पुम्से रेफ्री (International Poomsae Referee)

उक्त अवसरमा उनले भनिन्, "नेपाललाई प्रतिनिधित्व गर्न पाउनु मेरो लागि मात्र गौरवको कुरा होइन, यो ऐतिहासिक र प्रेरणादायक क्षण पनि हो। यो उपलब्धिले नेपाली महिलाको खेलकुद क्षेत्रमा अगाडि बढ्न थप हौसला दिनेछ।"

कुक्कीवन विश्व तेक्वान्दो हनमाडाङ विश्वकै सबैभन्दा ठूलो तेक्वान्दो उत्सव मानिन्छ, जसमा विश्वभरका खेलाडी, प्रशिक्षक र रेफ्रीहरू सहभागी हुन्छन्। नेपालबाट पहिलोपटक महिला रेफ्रीको रूपमा सहभागी हुनु केवल व्यक्तिगत उपलब्धि नभई सम्पूर्ण देशका लागि गर्वको विषय बनेको छ।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.