लेख विवरण

केदारमान स्थापितले १२औं विश्व स्ट्रेन्थलिफ्टिङ च्याम्पियनसिपमा स्वर्ण जिते

केदारमान स्थापितले १२औं विश्व स्ट्रेन्थलिफ्टिङ च्याम्पियनसिपमा स्वर्ण जिते

काठमाडौं, साउन ५ गते । केदारमान स्थापितले १२ औं विश्व स्ट्रेन्थलिफ्टिङ एन्ड इन्क्लाइन बेन्च प्रेस च्याम्पियनसिपमा स्वर्ण जितेका छन् ।

असार ३२ देखि साउन ३ गतेसम्म थाइल्यान्डको पटायामा भएको प्रतियोगितामा केदारले ५० वर्षमाथि पुरुष ७६ केजीमुनि तौलसमूहमा स्वर्ण जितेका हुन् ।

प्रतियोगितामा उनको लगातार चौथो सहभागिता हो । सबैमा उनले पदक जितेका छन् । काजाकिस्तानमा भएको ११ औं संस्करणमा पनि केदारले स्वर्ण जितेका थिए । किर्गिस्तान र भारतमा भएको क्रमशः नवौं र दसौं संस्करणमा रजत जितेका थिए ।

उनलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङ आइतबार भेटी सफलताका लागि बधाइ दिएका छन् ।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.