मस्र्याङ्दी गाउँपालिकाद्वारा राष्ट्रिय महिला फुटबल टिमकी कप्तान साबित्रा भण्डारीको सम्मान तथा अन्डर-१९ खेलाडीहरूसँग अन्तर्क्रिया कार्यक्रम हुने
लमजुङ | मर्स्याङ्दी गाउँपालिकाको आयोजनामा राष्ट्रिय महिला फुटबल टिमकी कप्तान तथा मर्स्याङ्दीकी गौरवपूर्ण चेली साबित्रा भण्डारी (साम्बा) को सम्मान कार्यक्रम तथा अन्डर–१९ फुटबल खेलाडीहरूसँग अन्तर्क्रिया कार्यक्रम हुन लागेको छ।
नेपाल महिला फुटबलको इतिहासमा कीर्तिमानी गोलकर्ता, प्रेरणादायी खेलाडी तथा देशको शान बनेकी साबित्रासँग अन्तरक्रिया गर्दै युवा खेलाडीहरूलाई हौसला र प्रेरणा दिने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको गाउँपालिकाले जनाएको छ।
कार्यक्रम २०८२ श्रावण ०८ गते, दिउँसो १२:३० बजे देखि राष्ट्रकवि माधव प्रसाद घिमिरे बैठक कक्ष, मर्स्याङ्दी गाउँपालिका, भुलभुले, लमजुङ मा सञ्चालन हुने छ।
मस्र्याङ्दी गाउँपालिकाले अन्डर–१९ फुटबल खेलाडी भाईबहिनीहरू सहित सम्पूर्ण स्थानीयवासी, खेलप्रेमी तथा सरोकारवालाहरूलाई उपस्थित भई कार्यक्रममा सहभागिता जनाउन हार्दिक अनुरोध गरेको छ।
यो कार्यक्रमले स्थानीय खेलाडीहरूलाई राष्ट्रिय स्तरको अनुभव सँगै, फुटबलप्रतिको रुचि र लगावलाई थप प्रोत्साहन गर्ने विश्वास लिइएको छ।

टिप्पणी लेख्नुहोस्