यू–२० राष्ट्रिय महिला रग्बी टोली छनोटका लागि नेपाल रग्बी संघद्वारा आवेदन आह्वान
लालबन्दी, सर्लाही | नेपाल रग्बी संघले यू–२० राष्ट्रिय महिला टोली छनोट कार्यक्रमको घोषणा गर्दै इच्छुक खेलाडीहरूलाई आवेदन दिन आग्रह गरेको छ। संघले Jan 1, 2005 – Dec 31, 2007 भित्र जन्म भएका र रग्बी खेलप्रति जोशिलो रुचि भएका किशोरीहरूलाई छनोट कार्यक्रममा सहभागी हुन आमन्त्रण गरेको हो।
छनोट कार्यक्रम २०८२ साउन ११ गते, बिहान ९:०० बजेदेखि सुरु हुनेछ। स्थान राधाकृष्ण मैदान, लालबन्दी, सर्लाही तोकिएको छ।
नेपाल रग्बी संघका अनुसार छनोट भएका खेलाडीहरूलाई राष्ट्रियस्तरमा प्रशिक्षण दिइनेछ र आगामी अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा नेपाल प्रतिनिधित्व गर्ने अवसर प्रदान गरिनेछ।
संघले सबै इच्छुक खेलाडीहरूलाई समयमै मैदानमा उपस्थित भई छनोट प्रक्रियामा सहभागी हुन आग्रह गरेको छ। यो अवसर नेपालका युवा प्रतिभावान खेलाडीहरूका लागि राष्ट्रिय टोलीमा पुग्ने ढोका सावित हुन सक्ने अपेक्षा गरिएको छ।
थप जानकारीका लागि सम्पर्क नम्बरहरू:
📞 ९८४४४९८९१२ / ९८५१३११९४४

टिप्पणी लेख्नुहोस्