११औं तिराक अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा नेपाललाई ९ कास्य पदक
बैंकक, थाइल्याण्ड | थाइल्याण्डमा जारी ११औं तिराक अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा नेपालले शानदार प्रदर्शन गर्दै ९ कास्य पदक जित्न सफल भएको छ।
नेपालका खेलाडीहरूले विभिन्न तौल समूहमा प्रतिस्पर्धा गर्दै सेमिफाइनल चरणसम्म पुग्दा विभिन्न देशका खेलाडीहरूसँग पराजित हुँदै कास्य पदकमा चित्त बुझाएका हुन्।
प्रतियोगिता निकै प्रतिस्पर्धात्मक रहेको थियो, जसमा २८ देशका करिब २,००० खेलाडीहरू सहभागी भएका थिए। यस उपलब्धिले नेपालका युवा खेलाडीहरूको अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्ने क्षमता प्रष्ट पारेको छ।
नेपाल तेक्वान्दो संघले पदक विजेता खेलाडीहरूलाई बधाई दिँदै आगामी प्रतियोगिताहरूका लागि अझ मेहनत गर्ने प्रतिबद्धता जनाएको छ।

टिप्पणी लेख्नुहोस्