जापानी स्टार केइसुके होन्डासँग एउटै मैदानमा खेल्दा गर्व लागेको रोहित चन्दको प्रतिक्रिया
काठमाडौं, साउन ८, २०८२ (जुलाई २४, २०२५)
नेपाली राष्ट्रिय फुटबल टोलीका स्टार मिडफिल्डर रोहित चन्दले जापानी फुटबल दिग्गज केइसुके होन्डा र एशिया वारियर्स एफसी लिजेन्ड्ससँग एउटै मैदानमा खेल्न पाउँदा आफूलाई गर्व र सम्मानको अनुभूति भएको बताएका छन्।
रोहितले सामाजिक सञ्जालमार्फत आफ्नो भावनात्मक प्रतिक्रिया दिँदै भनेका छन्,
"केइसुके होन्डा र एशिया वारियर्स एफसी लिजेन्ड्ससँग मैदान साझा गर्नु मेरो लागि गर्वको क्षण हो। यस्तो अद्भुत टिम र दाजुभाइहरूको समुहको हिस्सा बन्न पाउनु सम्मानको कुरा हो। तपाईंहरू सबै प्रतिभाका धनी मात्र होइन, अद्भुत व्यक्ति पनि हुनुहुन्छ। धन्यवाद!"
इन्डोनेसियाली क्लब पर्सिक केडेरीप्रति आभार
रोहितले इन्डोनेसियाली क्लब पर्सिक केडेरी, त्यसका समर्थक समूह Persik Mania, र सम्पूर्ण केडेरीवासीप्रति पनि विशेष आभार व्यक्त गरेका छन्। उनले लेखेका छन्,
"पर्सिक केडेरी, Persik Mania र केडेरीका अद्भुत मानिसहरूको न्यानो स्वागत र निरन्तर समर्थनको लागि मनदेखि धन्यवाद। तपाईंहरू साँच्चिकै अद्भुत हुनुहुन्छ!"
रोहित चन्द यसअघि पनि इन्डोनेसिया सुपर लिगमा प्रभावशाली खेल प्रदर्शन गरीसकेका छन् र अहिले पनि अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलहरू र प्रदर्शनी म्याचहरूमा सक्रिय छन्।

टिप्पणी लेख्नुहोस्