लेख विवरण

नेपाल स्ट्रिट प्रिमियर लिगको ट्रायल दर्ता प्रक्रिया सुरु

नेपाल स्ट्रिट प्रिमियर लिगको ट्रायल दर्ता प्रक्रिया सुरु

काठमाडौं, असार ८ –
D.G.R SPORTS AND EVENT MANAGEMENT PVT. LTD. को आयोजनामा हुन गइरहेको नेपालको सबैभन्दा ठूलो T-10 क्रिकेट प्रतियोगिता नेपाल स्ट्रिट प्रिमियर लिग (NSPL) को तयारी तीव्र भएको छ। 'Street देखि Stadium सम्मको यात्रा' भन्ने मूल नारासहित आयोजना हुने यस प्रतियोगितामा सहभागी हुन चाहने नेपाली खेलाडीहरूको लागि ट्रायल दर्ता प्रक्रिया सुरु गरिएको छ।

देशभरिका प्रतिभावान खेलाडीहरूलाई राष्ट्रिय स्तरको मञ्चमा पुर्‍याउने उद्देश्यले आयोजना गरिने NSPL मा सहभागी हुन इच्छुक खेलाडीहरूले https://nspl-t10.com तथा Khalti App मार्फत दर्ता गर्न सक्नेछन्।

 दर्ता शुल्क विवरण:

  • ब्याट्सम्यान र बलरहरूका लागि: रु. १,०००

  • अल-राउण्डरहरूका लागि: रु. १,२००

दर्ता गर्ने अन्तिम मिति:

२०८२ भाद्र ८ गते (August 24, 2025) सम्म

D.G.R SPORTS AND EVENT MANAGEMENT का अध्यक्ष श्री ज्ञान सिंह का अनुसार, यो प्रतियोगिता नेपाली क्रिकेटमा नयाँ ऊर्जा थप्ने र टोल-टोलबाट प्रतिभाशाली खेलाडीहरूलाई पहिचान गर्ने माध्यम बन्नेछ।

थप जानकारीका लागि सम्पर्क:

वेबसाइट: https://nspl-t10.com
दर्ता माध्यम: Khalti App

टिप्पणी लेख्नुहोस्

Please Login to comment.