लेख विवरण

राखेप उपाध्यक्ष ध्रुव आचार्यद्वारा कीर्तिपुर क्रिकेट रंगशालाको निरीक्षण

राखेप उपाध्यक्ष ध्रुव आचार्यद्वारा कीर्तिपुर क्रिकेट रंगशालाको निरीक्षण

काठमाडौं, साउन ८, २०८२
राष्ट्रिय खेलकुद परिषद् (राखेप) का उपाध्यक्ष ध्रुव आचार्यले हाल निर्माणधीन अवस्थामा रहेको कीर्तिपुर क्रिकेट रंगशालाको निरीक्षण गरेका छन्। निरीक्षणका क्रममा उपाध्यक्ष आचार्यले निर्माणको प्रगति अवस्थाबारे विस्तृत जानकारी लिएका थिए।

निर्माण स्थलमा पुगेका उपाध्यक्ष आचार्यले रंगशालाको गुणस्तरीय निर्माण, समयमै सम्पन्नता, र खेलाडीमैत्री पूर्वाधार विकासको आवश्यकता बारेमा सम्बन्धित निकायलाई निर्देशनसमेत दिएका छन्।

निरीक्षणमा राखेप कार्यकारी समितिकी सदस्य सुवर्ण श्रेष्ठलगायत अन्य पदाधिकारी तथा प्राविधिकहरूको पनि उपस्थिति रहेको थियो।

राखेपले हाल देशभरका खेल पूर्वाधारहरूको स्तरवृद्धिका लागि निरन्तर अनुगमन र निरीक्षण कार्यलाई प्राथमिकतामा राखेको जनाएको छ।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.