गौरवशाली संकटा क्लब ७५औं वर्षमा, हिरक जयन्तीको अवसरमा पुनर्मिलन समारोहको आयोजना गर्दै
काठमाडौं – साउन ८, २०८२
नेपालको एक प्रतिष्ठित तथा गौरवपूर्ण इतिहास बोकेको संकटा क्लब आफ्नो स्थापनाको ७५औं वर्षमा प्रवेश गर्न लागेको छ। हिरक जयन्ती वर्ष प्रारम्भको अवसरमा क्लबले एक विशेष पुनर्मिलन समारोह आयोजना गर्ने भएको छ।
हिरक जयन्तीको दिन आयोजना हुने सो समारोहमार्फत क्लबका पूर्व खेलाडी, पूर्व पदाधिकारी, समर्थकहरू तथा क्लबप्रति समर्पित व्यक्तित्वहरूलाई एकै ठाउँमा ल्याउने तयारी गरिएको छ। समारोहले क्लबको समृद्ध इतिहास, योगदान र भावी योजनाबारे पनि चर्चा गर्ने उद्देश्य राखेको छ।
संकटा क्लबले विगत सात दशकभन्दा बढी समयदेखि नेपाली फुटबलमा योगदान दिँदै आइरहेको छ, जसले नेपाली खेलकुद इतिहासमा एउटा विशेष स्थान बनाएको छ।


टिप्पणी लेख्नुहोस्