एन्फा U-16 युथ लिग: जवालाखेल युथ क्लबको प्रभावशाली जित, प्लानिङ्ग ब्वाइज युनाइटेडलाई ६–३ ले पराजित
काठमाडौं – साउन ८, २०८२
एन्फा U-16 युथ लिग अन्तर्गत आज सम्पन्न खेलमा जवालाखेल युथ क्लबले आक्रमक प्रदर्शन गर्दै प्लानिङ्ग ब्वाइज युनाइटेडलाई ६–३ को गोल अन्तरले पराजित गरेको छ।
खेलको सुरुआतदेखि नै जवालाखेल युथ क्लबले दबाव सिर्जना गर्दै पहिलो हाफमै अग्रता लिएको थियो। प्लानिङ्ग ब्वाइज युनाइटेडले केही चरणमा खेलमा फर्कने संकेत दिए पनि जवालाखेलको तीव्र आक्रमण रोक्न सकेनन्।
यो जितसँगै जवालाखेल युथ क्लबले लिग तालिकामा आफ्नो स्थितिलाई अझ मजबुत बनाएको छ।

टिप्पणी लेख्नुहोस्