प्रथम जागृति कप सेभेन ए साइड फुटबल प्रतियोगिताको खेलतालिका सार्वजनिक
तिलोत्तमा, रुपन्देही – साउन ८, २०८२
सखुवानी जागृति युवा क्लब, तिलोत्तमा–१५, सखुवानी, रुपन्देहीको आयोजनामा हुन गइरहेको प्रथम जागृति कप खुला सेभेन ए साइड फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक गरिएको छ।
प्रतियोगिता यही साउन १० गतेदेखि सुरु हुँदैछ। आयोजक क्लबले सहभागी क्लबहरूलाई शुभकामना व्यक्त गर्दै, खेलाडी र फुटबलप्रेमीहरूलाई तयारी अवस्थामा रहन आग्रह गरेको छ।
यो प्रतियोगिता स्थानीय स्तरमा फुटबलको प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको हो, जसले नयाँ प्रतिभाहरूलाई अगाडि ल्याउन सहयोग गर्ने अपेक्षा गरिएको छ।


टिप्पणी लेख्नुहोस्