लेख विवरण

फिफा फुटबल फर स्कुल्स कार्यक्रमको उद्घाटनमा गायक आस्था राउतको विशेष प्रस्तुति

फिफा फुटबल फर स्कुल्स कार्यक्रमको उद्घाटनमा गायक आस्था राउतको विशेष प्रस्तुति

काठमाडौं, साउन ९ –
सशक्त आवाज, ऊर्जा, र सकारात्मक सन्देशमार्फत चर्चामा रहेकी गायिका आस्था राउतले यही साउन १५ गते (जुलाई ३१, २०२५) हुने फिफा फुटबल फर स्कुल्स कार्यक्रमको नेपाल उद्घाटन समारोहमा विशेष सांगीतिक प्रस्तुति दिने भएकी छिन्। भव्य कार्यक्रम काठमाडौंको दशरथ रंगशालामा आयोजना हुनेछ।

अखिल नेपाल फुटबल संघ (एन्फा) र गायिका राउतबीच औपचारिक सम्झौता सम्पन्न भएको छ। सम्झौतामा आस्था राउत स्वयं र एन्फाका महासचिव किरण राईले हस्ताक्षर गरेका हुन्।

फिफा फुटबल फर स्कुल्स कार्यक्रम फिफा र युनेस्कोको सहकार्यमा सञ्चालनमा आएको विश्वव्यापी पहल हो, जसले विद्यालय शिक्षामा फुटबललाई एकीकृत गर्दै बालबालिकामा जीवनोपयोगी सीप, समावेशिता, र स्वस्थ जीवनशैलीको प्रवर्द्धन गर्न सहयोग गर्छ।

नेपालमा पहिलोपटक औपचारिक रूपमा सुरु हुन लागेको यो कार्यक्रम खेल, शिक्षा र मनोरञ्जनको उत्कृष्ट संयोजनका रूपमा एक ऐतिहासिक क्षण हुने अपेक्षा गरिएको छ। 

साउन १५ मा दशरथ रंगशालामा हुने फिफा फुटबल फर स्कुल्स कार्यक्रमको उद्घाटन समारोहमा गायिका आस्था राउतको विशेष प्रस्तुति रहनेछ। खेल र शिक्षालाई एकसाथ जोड्ने यो कार्यक्रम फिफा र युनेस्कोको साझा अभियान हो।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.