एन्फा यु–१६ युथ लिग : नेपाल पुलिस क्लबको प्रभावशाली जित, भगवतीविरुद्ध ३–० को नतिजा
काठमाडौं, साउन ९ –
एन्फा यु–१६ युथ लिग अन्तर्गत नेपाल पुलिस फुटबल क्लबले भगवती क्लबमाथि सानदार जित हात पारेको छ। शुक्रवार सम्पन्न खेलमा नेपाल पुलिस क्लबले ३–० को जित दर्ता गर्दै क्लिन सिट समेत सुरक्षित गरेको हो।
नेपाल पुलिसले खेलको अधिकांश समय बल नियन्त्रणमा राख्दै आक्रामक प्रदर्शन गर्यो। टोलीले उत्कृष्ट पासिङ, गति र समन्वयका साथ तीन गोल गर्दै भगवतीको रक्षापंक्तिलाई पूर्ण रूपमा दबाबमा राख्न सफल भयो।
तीनवटै गोल फरक खेलाडीहरूले गरेका थिए भने डिफेन्स र गोलरक्षकको संयमित प्रदर्शनले कुनै पनि प्रहार गोलमा परिणत हुन दिएनन्।
यस जितसँगै नेपाल पुलिस एफसी लिगको उत्कृष्ट लयमा रहेको देखिएको छ, भने भगवती क्लबले भने सुधारको खाँचो रहेको संकेत गरेको छ।

टिप्पणी लेख्नुहोस्