लेख विवरण

सिङ्गाकप निर्देशकको एन्फा भ्रमण, महासचिव किरण राईसँग सकारात्मक छलफल

सिङ्गाकप निर्देशकको एन्फा भ्रमण, महासचिव किरण राईसँग सकारात्मक छलफल

काठमाडौं, साउन ९ –
सिंगापुरमा आधारित अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता "सिङ्गाकप" का पदाधिकारीहरू आज एन्फा परिसर, सातदोबाटोमा पुगेका छन्। टोलीमा सिङ्गाकपका निर्देशक सेल्भाकुमार पन्निरसेल्भम पनि सहभागी थिए।

भ्रमणका क्रममा उनीहरूले अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईसँग भेटवार्ता गरेका छन्।

दुवै पक्षबीच फुटबलसँग सम्बन्धित विविध विषयहरूमा सकारात्मक र उत्साहजनक छलफल भएको एन्फाले जानकारी दिएको छ। सम्भावित सहकार्य, युवास्तरको विकास, र अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाली टोलीको सहभागिताबारे कुराकानी भएको बताइएको छ।

भविष्यमा नेपाल–सिंगापुरबीच फुटबल कूटनीति तथा कार्यक्रम विस्तारका लागि यस्ता भेटघाट फलदायी हुने विश्वास व्यक्त गरिएको छ। 

सिङ्गाकप निर्देशकको एन्फा भ्रमणले नेपाल र सिंगापुरबीच फुटबल क्षेत्रको सम्भावित सहकार्यलाई नयाँ उचाइ दिन सक्ने संकेत देखिएको छ।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.