लेख विवरण

म्यानचेस्टर टेस्टमा इंग्ल्याण्ड बलियो स्थितिमा, भारतमाथि १८६ रनको अग्रता

म्यानचेस्टर टेस्टमा इंग्ल्याण्ड बलियो स्थितिमा, भारतमाथि १८६ रनको अग्रता

म्यानचेस्टर, इंग्ल्याण्ड — साउन ८ गते।
इंग्ल्याण्ड क्रिकेट टिम म्यानचेस्टरमा भारतविरुद्ध जारी टेस्ट खेलमा बलियो स्थितिमा पुगेको छ। शुक्रबार तेस्रो दिनको खेल सकिँदा इंग्लिस टिमले पहिलो पारीमा ७ विकेट गुमाउँदै ५४४ रन बनाउँदै भारतमाथि १८६ रनको सशक्त अग्रता लिएको छ।

कप्तान बेन स्टोक्स ७७ रनलियम डॉसन २१ रनमा अविजित रहेका छन्। इंग्ल्याण्डका स्टार ब्याट्सम्यान जो रुटले १५० रनको शानदार इनिङ्स खेलेका थिए। उनले ओली पोप (७१ रन) सँग १४४ रनको साझेदारी र स्टोक्ससँग नटआउट १४२ रनको साझेदारी गरेका थिए।

भारतीय बलिङ पक्षबाट रवीन्द्र जडेजा र वाशिंगटन सुन्दरले समान २–२ विकेट, जबकि जसप्रीत बुमराह, मोहम्मद सिराज र अंशुल कम्बोजले १–१ विकेट लिएका थिए। भारतले आफ्नो पहिलो पारीमा ३५८ रनमा अलआउट भएको थियो।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.