महिला सेफगार्डिङ्ग प्रतिनिधिहरूका लागि सातै प्रदेशमा सेफगार्डिङ्ग प्रशिक्षण कार्यक्रम सञ्चालन हुने
काठमाडौं, साउन ९ –
विश्व फुटबल महासंघ (फिफा) को कार्यक्रम अनुरूप अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा देशभरका Safeguarding Focal Point (Female) प्रतिनिधिहरूका लागि सेफगार्डिङ्ग प्रशिक्षण कार्यक्रम सञ्चालन हुने भएको छ।
उक्त प्रशिक्षण कार्यक्रम महिला फुटबल सेफगार्डिङ्ग संरचना सुदृढ गर्न तथा सुरक्षाको संवेदनशीलता सम्बन्धमा सशक्त प्रतिनिधि तयार पार्ने उद्देश्यका साथ आयोजना गरिँदैछ।
एन्फाले सातै प्रदेश फुटबल संघ अन्तर्गतका जिल्ला फुटबल संघहरूलाई तालिममा सहभागी महिला प्रतिनिधिहरू पठाउने व्यवस्था गर्न, तालिम स्थल छनोट, व्यवस्थापन र समन्वयमा आवश्यक सहयोग गर्न हार्दिक अनुरोध गरेको छ। साथै सबै जिल्ला संघहरूलाई आफ्नो सम्बन्धित प्रदेश संघसँग समन्वय गरी प्रतिनिधिहरू समयमै पठाउने सुनिश्चितता गर्न आग्रह गरिएको छ।
सेफगार्डिङ्ग प्रशिक्षण तालिका विवरण:
| क्र.सं. | प्रदेश | मिति | स्थान |
|---|---|---|---|
| १ | कोशी प्रदेश फुटबल संघ | २०८२ श्रावण १७ गते | धरान एकेडेमी |
| २ | मधेश प्रदेश फुटबल संघ | २०८२ श्रावण २० गते | रौतहट एकेडेमी |
| ३ | बागमती प्रदेश फुटबल संघ | २०८२ श्रावण १५ गते | एन्फा कम्प्लेक्स, सातदोबाटो |
| ४ | गण्डकी प्रदेश फुटबल संघ | २०८२ श्रावण २५ गते | गण्डकी प्रदेश कार्यालय |
| ५ | लुम्बिनी प्रदेश फुटबल संघ | २०८२ श्रावण २२ गते | बुटवल एकेडेमी |
| ६ | कर्णाली प्रदेश फुटबल संघ | २०८२ श्रावण १२ गते | सुर्खेत |
| ७ | सुदूरपश्चिम प्रदेश फुटबल संघ | २०८२ श्रावण १२ गते | सुर्खेत |
फिफा र एन्फाको सहकार्यमा महिला सेफगार्डिङ्ग प्रतिनिधिहरूलाई लक्षित गर्दै सातै प्रदेशमा प्रशिक्षण कार्यक्रम सञ्चालन हुँदैछ। कार्यक्रममा सहभागिता, समन्वय र व्यवस्थापनमा जिल्ला र प्रदेश संघहरूको सक्रिय भूमिका अपेक्षित गरिएको छ।


टिप्पणी लेख्नुहोस्