लेख विवरण

जो रुटले तोडे रिकी पोन्टिङको रेकर्ड, टेस्ट क्रिकेटमा दोस्रो सर्वाधिक रन बनाउने खेलाडी बने

जो रुटले तोडे रिकी पोन्टिङको रेकर्ड, टेस्ट क्रिकेटमा दोस्रो सर्वाधिक रन बनाउने खेलाडी बने

म्यानचेस्टर, साउन ८
इंग्ल्याण्डका पूर्व कप्तान जो रुट हाल असाधारण लयमा छन्। शुक्रबार म्यानचेस्टरमा भारतविरुद्ध जारी चौथो टेस्टको तेस्रो दिन उनले अस्ट्रेलियाका महान खेलाडी रिकी पोन्टिङको रेकर्ड तोड्दै टेस्ट क्रिकेटमा दोस्रो सर्वाधिक रन बनाउने खेलाडी बनेका छन्। अब उनीभन्दा अगाडि केवल भारतका सचिन तेंदुलकर (१५,९२१ रन) मात्र छन्।

रुटले ओल्ड ट्र्याफर्ड मैदानमा भारतविरुद्धको पारीमा १५० रन बनाउँदै इतिहास रचेका हुन्। यो उपलब्धिका क्रममा उनले पहिलो आठ बलमै राहुल द्रविड़ज्याक कैलिस जस्ता दिग्गजहरूको रन संख्या पार गरे अनि एक रन लिएर पोन्टिङको १३,३७८ रन पनि पार गर्दै नयाँ इतिहास कोरे।

जब उनले यो रन बनाए, मैदानमा उपस्थित दर्शकहरू उभिएर तालिले सम्मान जनाउँदै उभिए। मैदानमै रहेका कप्तान बेन स्टोक्सले त रुटले हेल्मेट खोल्नुअघि नै ब्याट उठाएर बधाई दिएका थिए।

कमेन्ट्री बक्समै थिए पोन्टिङ

रुटले पोन्टिङको कीर्तिमान तोड्दा संयोगवश पोन्टिङ स्वयं कमेंट्री बक्समा थिए। भारतीय पूर्व कोच रवि शास्त्रीसँग कमेन्ट्री गर्दै गर्दा पोन्टिङले भने,

"बधाई छ, जो रुट। साँच्चै शानदार उपलब्धि हो।"

रुटले आफ्नो टेस्ट करियरको सुरुवात सन् २०१२ मा भारतविरुद्ध नागपुर टेस्टमा ७३ रनको पारीबाट गरेका थिए। हाल ३४ वर्षीय रुट आफ्नो १५७औं टेस्ट खेलिरहेका छन्।

भारतविरुद्ध सबैभन्दा धेरै टेस्ट शतक बनाउने खेलाडी

रुटले यसै खेलमा भारतविरुद्ध आफ्नो १२औं टेस्ट शतक पूरा गरे। यससँगै उनले भारतविरुद्ध सबैभन्दा धेरै टेस्ट शतक बनाउने रेकर्ड पनि बनाएका छन्।
गत साता लॉर्ड्समा भएको तेस्रो टेस्टमा उनले १९९ बलमा १०४ रन बनाउँदै अस्ट्रेलियाका स्टीव स्मिथ (११ शतक)को कीर्तिमान बराबरी गरेका थिए।

टेस्ट क्रिकेटमा सर्वाधिक शतक बनाउने खेलाडीहरुको सूची

स्थान       खेलाडी शतक
सचिन तेंदुलकर ५१
ज्याक कैलिस ४५
रिकी पोन्टिङ ४१
जो रुट / कुमार संगकारा ३८

रुटको निरन्तर प्रदर्शनले उनलाई "क्लासिक टेस्ट ब्याट्सम्यान" को संज्ञा दिइएको छ। अब उनको लक्ष्य होला सचिनको कीर्तिमानलाई चुनौती दिने।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.