एएफसी यू–२० महिला एसियन कप छनोटका लागि नेपाली टोलीको अन्तिम सूची सार्वजनिक, भुटानमा हुनेछ प्रतिस्पर्धा
काठमाडौं, साउन ११ – आगामी एएफसी यू–२० महिला एसियन कप छनोट प्रतियोगिताका लागि नेपालको राष्ट्रिय महिला यू–२० फुटबल टोलीको अन्तिम सूची सार्वजनिक गरिएको छ। प्रतियोगिता भुटानको थिम्पुमा सन् २०२५ अगस्ट ६ देखि ११ तारिखसम्म आयोजना हुँदैछ।
नेपाल डीपीआर कोरिया, भुटान र साउदी अरेबियासँग समूहमा परेको छ।
अन्तिम टोलीमा समावेश खेलाडीहरू यसप्रकार छन्:
गोलकिपरहरू:
-
लिला जोशी
-
करुण बुढाथोकी
-
सुजाता तामाङ
डिफेन्डरहरू:
-
सरिता कुमारी नाथ
-
माया मास्के
-
सेमिहाङ्मा लिम्बु पन्धाक
-
सिमरन राई
-
सजिना स्याङ्तान
-
गङ्गा रोकाया
-
अनिशा राई
-
सिता रोकाया
मिडफिल्डरहरू:
-
कविता गुरुङ
-
सुशीला के.सी.
-
अस्मिता गुरुङ
-
बिर्सना चौधरी (कप्तान)
-
सेनु परियार
फर्वार्डहरू:
-
कुसुम खातीवडा
-
सुक्रिया मियाँ
-
मनिषा सेन
-
वर्षा ओली
-
पूर्णिमा राई
-
मीना देउवा
-
समीक्षा मगर
नेपाल फुटबल संघले टोलीलाई प्रतियोगिता अघि भुटान प्रस्थान गर्नुअघि आवश्यक तयारी पूरा गर्ने जनाएको छ। यो छनोट प्रतियोगिता मार्फत उत्कृष्ट टोलीहरूले यू–२० महिला एसियन कप २०२५ मा स्थान सुरक्षित गर्नेछन्।

टिप्पणी लेख्नुहोस्