लेख विवरण

डेन्मार्कमा जारी डाना कप २०२५ अन्तर्गत यु–१४ उपाधि नेपाली टोलीलाई

डेन्मार्कमा जारी डाना कप २०२५ अन्तर्गत यु–१४ उपाधि नेपाली टोलीलाई

काठमाडौं, साउन ११डेन्मार्कमा जारी डाना कप २०२५ मा सहभागी नेपाली टोलीले यु–१४ तर्फको उपाधि जित्न सफल भएको छ। Goals Academy, AG Ten Football Academy र Academy Nepal को संयुक्त टोलीले उपाधि हात पार्दै अन्तर्राष्ट्रिय स्तरमा नेपालको नाम उच्च राखेको छ।

शुक्रबार सम्पन्न फाइनल खेलमा नेपाली टोलीले केन्यालाई ३–१ गोल अन्तरले पराजित गर्दै उपाधि सुनिश्चित गरेको हो।

फाइनल खेलमा नेपालका लागि रिहान बुद्धा मगर, नोआ राई र अरानिस गुप्ताले गोल गरेका थिए।

नेपालका युवा खेलाडीहरूले देखाएको उत्कृष्ट प्रदर्शनले अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाली फुटबलको भविष्य उज्ज्वल रहेको सन्देश दिएको छ।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.