एएफसी यू–२३ एसियन कप छनोट तयारीका बीच राष्ट्रिय टोलीको शिवपुरी हाइक
काठमाडौं, साउन १२ – आगामी एएफसी यू–२३ एसियन कप २०२६ छनोट प्रतियोगिताको तयारीमा रहेको यू–२३ नेपाली राष्ट्रिय टोलीले शनिबार तयारीबाट छोटो विश्राम लिँदै शिवपुरी हाइक गरेको छ।
तीव्र प्रशिक्षण र बन्द प्रशिक्षण शिविरमा व्यस्त रहेको टोलीले हाइकमार्फत टोलीभित्र समन्वय, ताजगी र मनोबल बढाउने उद्देश्य राखेको प्रशिक्षक टोलीले जनाएको छ।
नेपाल समूह के (Group K) मा परेको छ, जहाँ उसको प्रतिस्पर्धा आयोजक ताजिकिस्तान, सिरिया र फिलिपिन्ससँग हुनेछ। छनोट खेलहरू सेप्टेम्बर ३ देखि ९ सम्म ताजिकिस्तानमा आयोजना हुने छन्।
टोलीले शारीरिक, मानसिक र रणनीतिक पक्षमा सुदृढीकरण गर्दै प्रतियोगिताको लागि व्यापक तयारी गरिरहेको छ।

टिप्पणी लेख्नुहोस्