लेख विवरण

हिल्ली फिल्डर्स गोरखा एफ.सी.को प्रतिभा पहिचान कार्यक्रम: ८ देखि १४ वर्षसम्मका खेलाडी छनोट गरिँदै

हिल्ली फिल्डर्स गोरखा एफ.सी.को प्रतिभा पहिचान कार्यक्रम: ८ देखि १४ वर्षसम्मका खेलाडी छनोट गरिँदै

गोरखा, श्रावण ११ — युवा फुटबल प्रतिभाहरूको पहिचान तथा प्रोत्साहन गर्ने उद्देश्यसहित हिल्ली फिल्डर्स गोरखा एफ.सी. ले आगामी श्रावण १७ गतेदेखि ३० गतेसम्म फुटबल खेलाडी छनोट कार्यक्रम सञ्चालन गर्ने भएको छ।

उक्त कार्यक्रममा ८ देखि १४ वर्ष उमेर समूहका बालबालिकाहरूलाई सहभागी गराइनेछ। आयोजकका अनुसार, इच्छुक खेलाडीहरूले श्रावण १६ गतेसम्म आवेदन फाराम बुझाइसक्नुपर्नेछ।

क्लबका अध्यक्षका अनुसार, "गोरखाका गाउँघरमा लुकेका प्रतिभाशाली खेलाडीहरूलाई प्रशिक्षण, अवसर र राष्ट्रिय तहसम्म पुर्‍याउने हाम्रो उद्देश्य हो।"

कार्यक्रम गोरखाको टिओसी टर्फ मैदानमा सञ्चालन गरिनेछ र छनौट भएका खेलाडीहरूलाई क्लबको नियमित प्रशिक्षणमा समावेश गरिने बताइएको छ।

हिल्ली फिल्डर्स गोरखा एफ.सी. ले यसअघि पनि स्थानीय स्तरमा फुटबल विकासमा सक्रिय भूमिका खेल्दै आएको छ। यस वर्षको कार्यक्रमबाट गोरखा जिल्लामा लुकेका नयाँ प्रतिभाहरूको खोजी हुने अपेक्षा गरिएको छ।

May be a graphic of football, American football and text that says "സய്ர HILLYFIELDERS GORKHA FC TALENT IDENTIFICATION BY HILLYFIELDERS GORKHA FC FOOTBALL TALENT IDENTIFICATION 2082 8-10 YEARS BORNEE TVEEN 17POUSH2072 POUSH 2074 10-12 YEARS ETWEEN 17POUSH2070-165POUSH2072 17 7POUSH2070 6POUSH 2072 13-14 13-14YEARS YEARS BORNE SETWEEN ? POUSH 2059 6POUSH 2070 17-30 SHRAWAN TC TOCTURF TURF GORKHA 9841214290 *Forms *Forms-availableti16Shrawan available 16-h Shrawan"

टिप्पणी लेख्नुहोस्

Please Login to comment.