लेख विवरण

सुदूरपश्चिम रोयल्स र मार्भल टेक्नोप्लास्टबीच एक्सिलेन्स पार्टनरसिपको घोषणा

सुदूरपश्चिम रोयल्स र मार्भल टेक्नोप्लास्टबीच एक्सिलेन्स पार्टनरसिपको घोषणा

काठमाडौं, साउन १२ – नेपाल प्रिमियर लिग (NPL) को दोस्रो सिजनका लागि सुदूरपश्चिम रोयल्सले मार्भल टेक्नोप्लास्ट प्रा.लि. लाई आफ्नो एक्सिलेन्स पार्टनर को रूपमा घोषणा गरेको छ।

सुदूरपश्चिम रोयल्सका अनुसार उत्कृष्टता र प्रतिबद्धतामा विश्वास राख्ने मार्भल जस्तो प्रतिष्ठित ब्रान्डसँग सहकार्य गर्न पाउनु गौरवको विषय हो। टिमले यस सिजनलाई सफल बनाउँदै आगामी सिजनहरूमा पनि यो सहकार्यलाई निरन्तरता दिने लक्ष्य लिएको जनाएको छ।

मार्भल टेक्नोप्लास्ट प्रा.लि. का उपाध्यक्ष पवनकुमार सान्चेतीले भने,

“हामी नेपाल प्रिमियर लिगको सुदूरपश्चिम रोयल्ससँग सहकार्य गर्न पाउँदा उत्साहित छौँ। क्रिकेटले लाखौँ नेपालीलाई जोड्ने काम गर्छ। नयाँ प्रतिभालाई साथ दिन र नेपाली खेलप्रेमी समुदायसँग अझ गहिरो सम्बन्ध स्थापित गर्न पाउनु गौरवको कुरा हो। हामी मैदानभित्र र बाहिर दुवै क्षेत्रमा रोयल्सलाई सफलता मिलोस् भन्ने कामना गर्दछौँ।”

सुदूरपश्चिम रोयल्सका प्रमुख कार्यकारी अधिकृत प्रकाश खड्काले भने,

“पवन सरले विगतदेखि नै नेपाली क्रिकेटलाई साथ दिँदै आउनुभएको छ। मार्भल जस्तो अग्रणी ब्रान्डसँगको यो सहकार्यले NPL लाई थप उचाइमा पुर्‍याउनेछ। यसले अन्य व्यवसायिक संस्थाहरूलाई पनि खेलकुदमा लगानी गर्न प्रेरणा दिनेछ। हामी मार्भल ब्रान्डलाई राष्ट्रियस्तरबाट अन्तर्राष्ट्रिय बजारसम्म पुर्‍याउने प्रतिवद्धताका साथ अगाडि बढ्नेछौँ।”

सुदूरपश्चिम रोयल्स र मार्भल टेक्नोप्लास्टबीचको यो सहकार्यले नेपालको फ्रेन्चाइज क्रिकेटलाई थप व्यवसायिकता र स्थायित्व दिने विश्वास गरिएको छ।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.