लेख विवरण

पुलिसको जर्सीमा साम्बा! अफ सिजनमा फिटनेसका लागि मैत्रीपूर्ण खेल

पुलिसको जर्सीमा साम्बा! अफ सिजनमा फिटनेसका लागि मैत्रीपूर्ण खेल

काठमाडौं – १७ साउन २०८२ (अगस्ट २, २०२५)

राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी 'साम्बा'ले शुक्रवार नेपाल पुलिस क्लबको जर्सीमा मैदान उत्रेर मैत्रीपूर्ण खेल खेलेकी छिन्। एएफसी महिला च्याम्पियन्स लिगको तयारीमा जुटिरहेको एपीएफ फुटबल क्लबसँगको खेलमा साम्बा पुलिसको तर्फबाट खेल्न देखिएकी हुन्।

अहिले अफ सिजन चलिरहेका बेला आफ्नो फिटनेस कायम राख्न साम्बा केही समयदेखि एपीएफ क्लबसँग नियमित प्रशिक्षणमा संलग्न छिन्। तर शुक्रवारको मैत्रीपूर्ण खेलमा उनले अनौपचारिक रूपमा पुलिस क्लबको तर्फबाट खेलिन्, जसले धेरैको ध्यान खिचेको छ।

साम्बा चाँडै न्यूजिल्याण्ड प्रस्थान गर्दैछिन्, जहाँ उनले व्यावसायिक फुटबल करियरलाई निरन्तरता दिने तयारी गरिरहेकी छन्। नेपालमै सर्वाधिक गोलकर्ता र कप्तानको भूमिका निभाएकी साम्बाको यो कदमले नेपाली महिला फुटबललाई अन्तर्राष्ट्रिय स्तरमा अझ सशक्त बनाउने विश्वास लिइएको छ।

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.