लेख विवरण

पलेशा गोवर्धनद्वारा एसियाली पारा तेक्वान्दो च्याम्पियनसिपमा ऐतिहासिक सफलता, नेपाली दूतावासद्वारा बधाई

पलेशा गोवर्धनद्वारा एसियाली पारा तेक्वान्दो च्याम्पियनसिपमा ऐतिहासिक सफलता, नेपाली दूतावासद्वारा बधाई

क्वालालम्पुर, मलेसिया – अगस्ट २, २०२५

मलेसियाको सारावाक राज्यस्थित कुचिङ शहरमा यही १ अगस्त २०२५ मा सम्पन्न १०औं एसियाली पारा तेक्वान्दो च्याम्पियनसिप (G-4) मा नेपाली खेलाडी पलेशा गोवर्धनले ऐतिहासिक सफलता हात पार्दै bronze (कास्य) पदक जितेकी छन्।

महिला ५७ केजी तौल समूहअन्तर्गत K-44 वर्गमा प्रतिस्पर्धा गर्दै पलेशाले उत्कृष्ट प्रदर्शनमार्फत कास्य पदक जित्दै अन्तर्राष्ट्रिय स्तरमा नेपालको नाम उजागर गरेकी हुन्। यस शानदार उपलब्धिप्रति मलेसियास्थित नेपाली दूतावास, क्वालालम्पुरले पलेशालाई हार्दिक बधाई ज्ञापन गरेको छ।

प्रतियोगितामा पलेशासँगै सहभागी अन्य नेपाली खेलाडीहरूमा भरत सिंह महता, अमिर भ्लोन, रेनु तामाङ, र कामना प्रसाईं रहेका थिए। यस्तै, नेपाली टोलीसँग प्रशिक्षक कबिराज नेगी लामा, राष्ट्रिय खेलकुद परिषदका सदस्य रामचन्द्र श्रेष्ठ, र हिमालयन एकेडेमी मलेसियाका प्रतिनिधि सन्तोष भट्ट पनि सहभागी थिए।

दूतावासले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “पलेशा गोवर्धनको यो उपलब्धिले नेपाली खेलकुद क्षेत्रको अन्तर्राष्ट्रिय छविमा गौरव थपेको छ। सम्पूर्ण नेपाली टोलीलाई बधाई तथा आगामी सफलताका लागि शुभकामना व्यक्त गर्दछौं।”

नेपालले पारा खेलकुदमा अन्तर्राष्ट्रिय स्तरमा देखाएको निरन्तर सक्रियता र सफलता उत्साहजनक रहेको छ।

 

 
 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.