लेख विवरण

तेक्वान्दोका अशोकसहित चार खेलकर्मी सम्मानित

तेक्वान्दोका अशोकसहित चार खेलकर्मी सम्मानित

काठमाडौं, साउन १७ गते ।
तेक्वान्दोका अन्तर्राष्ट्रिय निर्णायक अशोक खड्का र फुटबलका एक प्रशिक्षकसहित दुई खेलाडी गरी ४ खेलकर्मी सम्मानित शनिबार भएका छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) कागेश्वरी मनोहरा नगर कार्यसमितिले थलीमा एक कार्यक्रम आयोजना गर्दै तेक्वान्दोका अशोक तथा फुटबलका प्रशिक्षक रसिक कोइराला, खेलाडीद्वय राधिका ओली र सबिना तामाङलाई सम्मान गरेको हो ।

उनीहरूलाई राष्ट्रिय प्रजातन्त्र पार्टीकी महामन्त्री कुन्तीकुमारी शाही, राप्रपा काठमाडौँ जिल्ला कार्यसमितिका अध्यक्ष नवराज सिम्खडा र राप्रपा कागेश्वरी मनोहरा नगर कार्यसमितिका अध्यक्ष मणि सिम्खडालगायतले सम्मानपत्रसहित सम्मान गरे ।

सोही अवसरमा २०८१ को एसइईमा चार जिपिए अंक ल्याउने नगरभित्रका विभिन्न विद्यालयका १४ विद्यार्थीलाई नगदसहित सम्मान गरिएको थियो । सम्मानित हुने खेलाडी, प्रशिक्षक र निर्णायक पनि कागेश्वरी मनोहरा नगरपालिकाकै हुन् ।

गोलकिपर राधिकाले नेपालको यु–१५ उमेर समूहबाट खेलेकी थिइन् । सबिना भने नेपालको यु–१७ उमेरसमूहकी फरवार्ड हुन् । तेक्वान्दोका अशोक ग्योरोगी र पुम्सेका साथै पारा तेक्वान्दोका अन्तर्राष्ट्रिय निर्णायक हुन् ।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.