लेख विवरण

एशियन बक्सिगं च्याम्पियनशिपमा नेपाली मुक्केवाज रानाको जित यात्रा सुरु

एशियन बक्सिगं च्याम्पियनशिपमा नेपाली मुक्केवाज रानाको जित यात्रा सुरु

काठ्मान्डौ । एसियाली बक्सिङ कन्फडरेशन (एएसबिसी) को  आयोजनामा मित्र राष्ट्र थाईल्याण्डको राजधानी बैकंक शहरमा जारी (यू–२२ र युथ) एसियाली बक्सिङ च्याम्पियन्सिपमा नेपाली मुक्केवाज अप्रिल रानाले पहिलो खेलमा जित हासिल गरेको छ ।

नेपाली मुक्केवाज रानाले ५० केजी तौलसमूहमा साउदी अरबका मुक्केवाज इब्राहीमलाई ५–० अंकको आधारमा जित हासिल गरेको बक्सिङका अन्तराष्ट्रिय को–ओर्डिनेटर श्यामकाजी अवालेले जनाएका छन् । रानाले क्वाटरफाइनलमा भुटानी मुक्केवाजसंग प्रतिस्पर्धा गर्नेछन् । भुटानी बक्सरलाई पराजित गरेमा नेपालले अप्रिलले कम्तीमा कांस्य निश्चित गर्ने छन् ।

अगष्ट १ मा सम्पन्न खेलहरुमा यू– १९ को खेलमा सेरफ शेर्पा ६० केजी तौलसमूहमा फिलिपिनी मुक्केवाजसंग आरएसीसीका आधारमा पराजित भए ।  आईबिए थ्री स्टार कोच दिपक महर्जनको नेतृत्वमा ४ मुक्केवाज सहित ५ सदस्यीय नेपाली राष्ट्रिय बक्सिङ टोली जुलाई ३० मा बैकंक प्रस्थान गरेको थियो । को–ओर्डिनेटर अवालेका अनुसार प्रतियोगितामा २५ राष्ट्रका ५ सय भन्दा बढी खेलाडी सहभागी छन् ।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.