लेख विवरण

नेपाली कप्तान रोहित पौडेलद्वारा रविन्द्र ढंँगको प्रशंसा, भारतीय फाइटरमाथि MFN उपाधि जितेकोमा बधाई

नेपाली कप्तान रोहित पौडेलद्वारा रविन्द्र ढंँगको प्रशंसा, भारतीय फाइटरमाथि MFN उपाधि जितेकोमा बधाई

काठमाडौं, साउन १८ – नेपाली क्रिकेट टिमका कप्तान रोहित पौडेलले मिश्रित मार्सल आर्ट्स (MMA) खेलाडी रविन्द्र ढंँगलाई MFN (Matrix Fight Night) उपाधि जितेकोमा बधाई दिँदै उनको कडा मेहनतको खुलेर प्रशंसा गरेका छन्।

ढंँगले हालै भारतमा आयोजित MFN प्रतिस्पर्धामा भारतीय फाइटरमाथि शानदार जित दर्ता गर्दै उपाधि आफ्नो नाममा गरेका थिए। यो जितसँगै उनले नेपाली MMA इतिहासमा नयाँ अध्याय लेखेका छन्।

कप्तान रोहित पौडेलले सामाजिक सञ्जालमार्फत लेखेका छन्,
"रविन्द्र ढंँगको कडा परिश्रम, समर्पण र साहसको सम्मान गर्न चाहन्छु। भारतीय फाइटरमाथि MFN उपाधि जित्नु नेपालका लागि गर्वको कुरा हो। यो त केवल सुरुआत हो।"

रविन्द्र ढंँगको यो सफलता नेपाली खेलकुदको विविधतामा थप प्रेरणादायक कदम मानिएको छ। क्रिकेटका कप्तानबाट यस्तो समर्थन आउनुले खेलाडीबीचको पारस्परिक सम्मान र एकता देखाएको छ।

रविन्द्रले पनि बधाई र समर्थनका लागि धन्यवाद दिंदै, आगामी दिनमा अझ कडा मेहनत गरेर देशको झण्डा अन्तर्राष्ट्रिय मञ्चमा अझ उच्च बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.