टोखा र तारकेश्वर शाखाको ब्ल्याक बेल्ट ग्रेडिङ
काठमाडौंँ । नेपाल गोर्खा खुकुरी मार्सल आर्टस संघको टोखा र तारकेश्वर शाखाले २७ जना खेलाडीको सफलतापूर्वक ब्ल्याक बेल्ट ग्रेडिङ सम्पन्न गरेको छ ।
चौथो नेसनल ब्ल्याक वेल्ट ग्रेडिङ कार्यक्रम १० दिनसम्म टोखा–०८, जल्पा चोक, काठमाडौंमा आयोजना भएको थियो ।
ग्रेडिङ संघका प्रमुख प्रशिक्षक रणबहादुर बोगटी र सहायक प्रशिक्षकले सञ्चालन गरेका थिए । ग्रेडिङका क्रममा खेलाडीहरूलाई आत्मरक्षा, अनुशासन र मार्सल आर्टसका विविध पक्ष बारे जानकारी गराइएको थियो ।
समापन कार्यक्रममा संघका प्रमुख प्रशिक्षक बोगटीलगायतको उपस्थितिमा खेलाडीलाई प्रमाणपत्र र ब्ल्याक वेल्ट वितरण गरिएको थियो ।
सिनियर वेल्टमा निराजन बोहरा पहिलो भए । ब्ल्यकवेल्ट ग्रेडिङमा विवेक रोकाया पहिलो, पुस्कर रोकाया दोश्रो र रविना लामा तेश्रो भए । सफलता राना मगर र आयुशा बुढाथोकी उत्कृष्ट खेलाडी घोषित भए भने सुरज थापा मगर उत्कृष्ट प्रशिक्षक चुनिए ।

टिप्पणी लेख्नुहोस्