लेख विवरण

कुँवरद्वारा विश्व स्काइ रनिङ नेपालमा गर्न प्रस्ताव

कुँवरद्वारा विश्व स्काइ रनिङ नेपालमा गर्न प्रस्ताव

काठमाडौंँ । नेपाल एडभेन्चर रनिङ फेडरेसनका अध्यक्ष एकेन्द्रबहादुर कुँवरले विश्व स्काइ रनिङ च्याम्पियनसिप नेपालमा आयोजना गर्न प्रस्ताव गरेका छन् ।

कुँवरले अगष्ट २ तारिखमा इटालीमा भएको अन्तर्राष्ट्रिय स्काइ रनिङ महासंघ (आईएसएफ) को वार्षिक साधारण सभामा २०२६ मा हुने विश्व स्काइ रनिङ आयोजना गर्ने नेपाललाई जिम्मेवारी प्रदान गर्न प्रस्ताव गरेका हुन् । राष्ट्रिय खेलकुद परिषद् कार्यकारी समितिका पूर्व सदस्य समेत रहेका कुँवरका अनुसार आईएसएफको अर्को बैठकले यस बारे निर्णय गर्नेछ ।

‘हामीले विश्व स्काइ रनिङ च्याम्पियनसिप आयोजनाको जिम्मेवारी नेपाललाई दिन प्रस्ताव गरेका छौं । उहाँहरु हाम्रो प्रस्तावमा सकरात्मक हुनु हुन्छ ।’ कुँवरले भने– ‘आईएसएफको अर्को बैठकले यस बारे निर्णय गर्छ । नेपालमा हामीले गरेको गतिविधि, हाम्रो सक्रिएता र अन्तर्राष्ट्रिय सहभागितालाई मध्यनजर गरी आईएसएफले हामीलाई जिम्मेवारी दिनेमा म पूर्ण विश्वस्त छु ।’

टिप्पणी लेख्नुहोस्

Please Login to comment.